विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मंसिर ४ गते पछि देउवालाई प्रधानमन्त्री बन्न सकस

624
shares

 

काठमाडौ । पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफ्नै पार्टी भित्रको आन्तरिक असन्तुष्टि समाधान गर्न फलामको च्यूरा चपाउनु सरह भएको छ ।
संस्थापन पक्षले असोज ३ गते निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फका उम्मेदवारहरुको नामावलीप्रति संस्थापनइतर पक्षले व्यापक असन्तुष्टि जनाएको छ । संस्थापनइतर पक्षले पार्टी कार्यालयमा धर्ना दिँदै आएको छ भने उसले आफ्नो पक्षलाई ४० प्रतिशतको हाराहारीमा टिकट दिनुपर्ने माग गरिरहेको छ ।
संस्थापनइतर पक्षका अनुसार निर्वाचन आयोगमा बुझाएको नामावली करिब १० प्रतिशतमात्र आफ्ना पक्षमा परेका र त्यसमा पनि निर्वाचित हुन नसक्ने गरी नामावली राखिएको भन्दै व्यापक असन्तुष्टि जनाउँदै आएको छ ।
संस्थापन पक्षले सबै पक्षको सहमतिमा समानुपातिकतर्फका उम्मेदवारहरुको नामावली तयार गरिएको भन्दै पार्टी प्रवक्तामार्फत धर्नामा बस्ने नेता तथा कार्यकर्ताहरुलाई कारबाही गर्ने धम्की दिएपछि संस्थापनइतर पक्ष उग्र भएको छ । पार्टी कार्यालयमा धर्नामा बस्ने नेता तथा कार्यकर्ताहरुको संख्या बढ्दै गएपछि पार्टी सभापति देउवा समानुपातिकतर्फका उम्मेदवारहरुको नामावली सच्चाउन तयार देखिएका छन् ।
पार्टी सभापति देउवामा मंसिर ४ गतेपछि पनि फेरी प्रधानमन्त्री बन्ने तीव्र आकांक्षा रहेकाले उनले आफ्नो दलको आन्तरिक विवाद मिलाउनुको सट्टा गठबन्धनमा रहेका दलहरु मध्येका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई बढी विश्वास गरेर पार्टीलाई ध्वस्त बनाउन लागि परेको संस्थापनइतर पक्षको भनाई रहेको छ ।
देउवा जसरी पनि फेरी प्रधानमन्त्री बन्ने दाउमा रहेकाले गठबन्धनमा रहेका यी दुई दलको सहयोमा नै फेरी प्रधानमन्त्री बन्न चाहिरहेका छन् ।
पाँच दलबीचमा सिट बाँडफाड हुँदा नै कांग्रेस प्रतिनिधिसभाको प्रत्यक्षतर्फ रहेको १ सय ६५ सिट मध्ये करिब ८० सिटमा पराजित भईसकेको छ ।
संस्थापनइतर पक्षले आफ्नो पक्षलाई ४० प्रतिशतको हाराहारीमा सिट संख्या नदिएको खण्डमा आफ्नो पक्षले विद्रोह गर्ने र प्रत्यक्षतर्फका गठबन्धनका कुनैपनि उम्मेदवारहरुलाई मतदान नगर्ने र समानुपातिक तर्फमात्र मतदान गर्ने रणनीतिमा संस्थापनइतर पक्ष रहेपछि सभापति देउवा थप दबाबवमा परेका हुन् ।
पार्टीका महामन्त्री गगन थापा सहितको कोइराला पक्षले आन्दोलन गर्ने भन्दै धर्ना कार्यक्रम सुरु गरेपछि देउवा थप दवावमा परेका छन् । महामन्त्री थापाले हामी पार्टीभित्रै संघर्ष गरिरहेका छौं । बहिर बसेर तपाईहरुले पनि आन्दोलनलाई जारी राख्नुहोस् भनेपछि देउवा थप दवावमा परेका छन् ।
कोइराला पक्षले हिजो विहिबार चियापानको आयोजना गर्दै अब कसरी अगाडि बढ्ने भन्ने रणनीति समेत बनाएको एक नेताले बताएका छन् ।
कांग्रेसभित्रको द्वन्द्वले गर्दा गठबन्धनमा रहेका खासगरी माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई समेत अप्ठ्यारो अवस्थामा पु¥याएको छ । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कांग्रेसकै बलमा बैतर्णी तर्ने प्रयासमा लागेका हुनाले उनीहरुलाई सकस परेको हो । कांग्रेसका सभापति देउवाले नै गिरिजाप्रसाद कोइराला सभापति रहँदा ६०÷४० को भागवण्डाको विजारोपण गरेका थिए ।
त्यसबेला उनले पार्टीभित्र आफ्नो पक्ष संस्थापनइतर पक्षले ४० प्रतिशत नदिए जे पनि हुन सक्ने भन्दै त्यसै अनुरुपको व्यवहार गर्ने गरेका हुनाले ४० प्रतिशत हिस्सा लिएका थिए अहिले आफंै पार्टीका सभापति भएको बेला आफैसँग सभापतिमा चुनाव लडेका शेखर कोइराला पक्षलाई उनी ४० प्रतिशतको हिस्सा दिन तयार देखिएका छैनन् ।
पार्टीको निर्वाचनमा सभापतिका उम्मेदवार भएका कोइरालाले ४० प्रतिशत भन बढी मत ल्याएका भएपनि देउवाले उनलाई पार्टीको वरिष्ठ नेतासम्म स्वीकार गर्न सकेका छैनन् । त्यहीबाट समस्या उत्पन्न भएको हो ।
सिट बाँडफाँड गर्न भनेर श्रावण २० गते गठन भएको पाँच दलीय कार्यदलको बैठक पटक पटक बसेपनि कुनै निर्णय हुन नसकेको र पार्टीका शिर्ष नेताहरुले समेत ठोस निर्णय गर्न नसकेको एउटै कारण हो कांग्रेसभित्रको विवाद सकडमै छताछुल्ल भएपनि अन्य दलहरु भित्र पनि विवाद रहेतापनि उनीहरुको विवाद भने सडकमा आएको छैन तर कांग्रेसको विवाद भने सडकमै र पार्टी कार्यालयमा समेत पोखिएको हुनाले देउवालाई मंसिर ४ गतेपछि प्रधानमन्त्री बन्न सकस देखिन्छ ।
निर्वाचनपछि राजनीतिक धुव्रीकरण हुन सक्ने सम्भावना समेत देखिएको छ । निर्वाचनका बेला वामपन्थी दलहरु विभाजित भएपनि निर्वाचनपछि फेरी मिलेर सरकार बनाउन सक्ने सम्भावना भने जिवितै रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports