विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यसपटकको निर्वाचनले राजनीतिक दलहरुको हैसियत नै नदेखिने

572
shares

 

काठमाण्डौ । आगामी मंसिर ४ गते सम्पन्न हुने संघीय संसद र प्रदेशसभाको निर्वाचनका लागि साना ठुला सबै राजनीतिक दल र केही स्वतन्त्र उम्मेदवारहरु निर्वाचनका लागि सक्रिय भएका छन् । राजनीतिमा अनेक सम्भावनाहरु हुने भएपनि त्यो लोकतान्त्रिक परिपार्टी र संविधान ऐन कानुनको परिधिभित्रैबाट हुनुपर्ने अनिवार्य सर्त हो ।
पाँच दलीय गठबन्धन र त्यही गठबन्धनको सरकारले सविधानको रक्षाका लागि गठबन्धन बनाएर निर्वाचनमा जानुपर्ने बाध्यता रहेको बताइरहेको भएपनि त्यसमा कुनै सत्यता रहेको देखिँदैन । गठबन्धनको मुख्य उदेश्य भनेको जसरी भएपनि सत्ता हत्याउने खेल बाहेक अन्य केही देखिँदैन ।
राजनीतिक दलहरुका लागि आवधिक निर्वाचन सुवर्ण अवसर हो । आ आफ्नो राजनीतिक दललाई जनताबाट अनुमोदन गराउने सुवर्ण अवसरलाई राजनीतिक दलहरुले गुमाएका छन् ।
गठबन्धन गरेर दलहरु निर्वाचनमा गएका हुनाले कुन दलको जनाधार कति रहेछ र दलहरुको अवस्था र जनतामा दलहरुप्रति कति विश्वास रहेछ भनेर जनताले आफ्नो मत जाहेर गर्न नपाउने भएका छन् ।
सत्ता गठबन्धनले पाँच दलीय गठबन्धन गरेको र उसको एउटै उदेश्य नेकपा एमालेलाई घेराबन्दी गरेर उसलाई पराजित गर्न बाहेक गठबन्धनको अर्को कुनै मिसन देखिँदैन । सत्ता गठबन्धनमा रहेका दलहरुको सिद्धान्त, एक अर्कासँग मेल खाँदैन ।
नेपाली कांग्रेसजस्तो पुरानो पार्टी र लोकतन्त्रमा विश्वास राख्ने पार्टीले एक्लै निर्वाचनमा जाने आँट नगर्नु भनेको कांग्रेसप्रति जनताको विश्वास कम हुँदै जानु हो । त्यसैले उसले कम्युनिष्टहरु त्यसमा पनि उग्र विचार बोकेको माओवादी केन्द्रसँग गठबन्धन गर्नु भनेको सत्ता मोह बाहेक अन्य केही हुनै सक्दैन ।
गठबन्धनमा रहेको अर्को दल नेकपा एकीकृत समाजवादी पार्टी नेकपा एमालेबाट चोइटिएर निर्माण भएको पार्टी हो । त्यो पार्टीको जन्मदाता नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नै हुन् ।
पाँच दलीय गठबन्धनको नेतृत्वको नेतृत्व गर्दै प्रधानमन्त्री भएका देउवाले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर नेकपा एमालेलाई विभाजन गराई दिएका थिए । त्यही कारणले गर्दा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष हुन पाएका माधव नेपालले आफूलाई अध्यक्ष बनाईदिएको गुण तिर्न कांग्रेससँग जस्तोसुकै सहमति र सम्झौता गर्न तयार रहेका छन् ।
नेकपा एमालेको नेतृत्व गरिसकेका माधव नेपाल यसरी कांग्रेसको पुच्छर समातेर आफ्नो राजनीतिक उदेश्य पूरा गर्न लागिरहेका भएपनि त्यसका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बाधक बन्ने प्रायः निश्चित जस्तै देखिएको छ ।
नेकपा एमालेले समेत निर्वाचनका लागि केही साना दलहरुसँग सिमित क्षेत्रमा तालमेल गरेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ क्षेत्र मध्येको २४ क्षेत्रमा एमालेले तालमेल गरेको छ ।
गठबन्धनकारी दलहरु एक्लाएक्लै निर्वाचनमा गएको खण्डमा एमालेसँग पराजित हुनुपर्ने भएकाले गठबन्धन गर्नु परेको उद्घोष प्रधानमन्त्री देउवाले पटक पटक गरिकसकेका हुनाले प्रष्ट हुन्छ एमालेसँग गठबन्धन कति डराएको रहेछ भनेर ।
जनताको विश्वास जित्नुको बदला जनताले आफूले रोजेको व्यक्ति र दललाई मत हाल्न पाउने अधिकार समेत दलहरुले खोसेका हुनाले यस पटकको निर्वाचनले राजनीतिक दलहरुको जनाधार कति रहेछ भन्ने प्रष्ट नहुने निश्चित जस्तै भएको छ ।
जनताको अधिकार खोसेर संविधान बचाउने नाममा फेरी गठबन्धनले जनतालाई झुक्याउने र आफ्नो राजनीतिक उदेश्य पूरा गर्ने मनसाय राखेको प्रष्ट भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports