गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा अस्वाभाविक र त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थीहरू आन्दोलित

806
shares

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा अस्वाभाविक र त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन् ।

उनीहरुले बुधबार भक्तपुरस्थित राष्ट्रिय परीक्षा बोर्डको कार्यालय अगाडि र बिहीबार बिहान माइतीघरमा दबाब स्वरूप आन्दोलन गर्ने जानकारी दिएका छन् । विद्यार्थी रञ्जित कार्कीले बिहीबार बिहान साढे ११ बजे माइतीघरमा कार्यक्रमका लागि अनुमति समेत लिइएको बताए ।

पीसफूल प्रोटेष्ट समूहले बुधबार बिहान साढे ११ बजे परीक्षा नियन्त्रण कार्यालय अगाडि दबाब दिने भन्दै सामाजिक सञ्जाल मार्फत स्पष्ट पारेको छ ।नतिजाबाट असन्तुष्ट विद्यार्थीहरूले आफूले गरेको मिहिनेत अनुसारको अङ्क नआएको र उत्तरपुस्तिका परीक्षणमा लापरबाही भएको आरोप लगाएका छन् ।उनीहरूले पुनर्योग (रिटोटलिङ) र पुनःपरीक्षण (रिचेकिङ) को शुल्कसमेत अत्यन्त महँगो र अव्यवहारिक भएको बताएका छन् । गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालित कक्षा १२ को परीक्षामा १ लाख ४ हजार ७ सय ११ जना विद्यार्थी ‘नन ग्रेडेड’ अर्थात् अनुत्तीर्ण भएका छन् ।

बोर्डका अनुसार ३८ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ भने दुई जनालाई एक वर्षसम्म बोर्डका कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले पनि नतिजा त्रुटिपूर्ण र गैरजिम्मेवार ढङ्गले सार्वजनिक गरिएको भन्दै बोर्डको ध्यानाकर्षण गराएको थियो।

अध्यक्ष दीपक धामीसहितको टोलीले सोमबार बुझाएको ज्ञापनपत्रमा हतारमा नतिजा प्रकाशन गर्ने नाममा कोडिङ र डिकोडिङमा लापरबाही भएको आशङ्का गरिएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports