linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मतको अर्थ खुल्यो, कांग्रेसले माग्यो राष्ट्रपति

663
shares

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सँग संयुक्त छलफल गर्नुभएको छ । प्रधानमन्त्री दाहालले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने भन्दै आज सत्तारुढ प्रमुख दल एमालेका अध्यक्ष ओलीसँगै प्रधानमन्त्रीलाई बिश्वासको मत दिएर प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको कांग्रेस सभापति देउवा सँग संयुक्त छलफल गर्नुभएको हो ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आज भएको छलफलमा कुनै निश्कर्ष भने निश्कन सकेन । प्रधानमन्त्री दाहाल सत्तारुढ दलभन्दा बिपक्षी दल कांग्रेस सँग नजिकिएको आरोप लागिरहेको बेला आज भएको छलफलमा राष्ट्रिय सहमतिका साथ अघि बढने प्रस्ताव गर्नुभएको थियो । छलफलमा एमाले अध्यक्ष ओलीले पुस १० गते भएको सहमति अनुसार नेकपा एमालेको तर्फ बाट अघि सारिने राष्ट्रपतिको उम्मेदवारलाई कांग्रेसले सघाएर सहमति कायम गर्नुपर्ने प्रष्ट धारणा राख्नुभएको छ । छलफलमा कांग्रेस सभापति देउवाले भने आफूहरुले प्रधानमन्त्रीलाई बिश्वासको मत दिएको कारण राष्ट्रपति पद पाउनु पर्ने माग गर्नुभएको छ ।

प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमल्सिनाले राष्ट्रिय महत्वको विषयमा अनौपचारिक छलफलका लागि शीर्ष नेताहरूलाई बोलाइएको बताउनु भयो । सीमा व्यवस्थापन लगायतका विषयमा प्रधानमन्त्रीले उच्च पदस्थ अधिकारीहरूसँग छलफल गर्ने क्रममा ओली र देउवालाई पनि बोलाइएको उहाँको भनाई छ । तर सुरक्षा निकाय सँगको छलफलपछि तीन शीर्ष नेता बीच छुट्टै छलफल भएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports