२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जङगी अड्डामा भारतीय सेनाप्रमुख सेठ र प्रधानसेनापति सिग्देलबीच आज भयो भेटवार्ता

481
shares

भारतीय स्थल सेनाध्यक्ष धीरज सेठ र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटघाट भएको छ।

सोमबार जङ्गीअड्डामा भएको शिष्टाचार भेटघाटका क्रममा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।भेटघाटअघि स्थल सेनाध्यक्ष सेठ सैनिक मञ्च टुँडिखेलमा माल्यार्पण गरेका थिए। त्यसपछि उनलाई जंगी अड्डामा गार्ड अफ अनर प्रदान गरिएको थियो।

सेठलाई सोमबार नै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ।नेपाल र भारतका सेनापतिलाई एकअर्काको देशमा मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने प्रचलन छ। सोही क्रममा नेपाली सेनाका प्रधानसेनापति सिग्देलको निमन्त्रणमा सेठ आइतबार काठमाडौँ आएका हुन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports