linktrix Long Ad
Salt Trading Long Ad

विधुत्त प्राधिकरणको नाफा पौने ४ अर्वभन्दा बढी घट्यो

117
shares

नेपाल विद्युत् प्राधिकरणको नाफा पौने ४ अर्बभन्दा बढी घटेको छ।

आर्थिक वर्ष २०८२/८३ मा विद्युत् प्राधिकरणको खुद नाफा ३ अर्ब ८७ करोड रुपैयाँ घटेर ५ अर्ब ४ करोडमा खुम्चिएको हो।आर्थिक वर्ष २०८१/८२ मा विद्युत् प्राधिकरणले ८ अर्ब ९१ करोड खुद नाफा गरेको थियो।यस्तै आर्थिक २०८१/८२ मा प्राधिकरणको नाफा १ अर्ब ६ करोड रुपैयाँ थियो भने २०८०/८१ को नाफा १३ अर्ब ३१ करोड थियो।

अघिल्लो आर्थिक वर्षको तुलनामा विदेशी विनिमय दर वृद्धिका कारण विद्युत् प्राधिकरणको दायित्व मात्रै २७२.८६ प्रतिशत बढेर ११ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ।विदेशी विनिमय दरसँगै प्राधिकरणको बढेका दायित्व, ब्याज र ह्रासकट्टी खर्चका कारण नाफा घटेको दाबी प्राधिकरणले गरेको छ।आर्थिक वर्ष २०८२/८३ मा विद्युत् प्राधिकरणले विद्युत् बिक्री र अन्य आम्दानीबाट १ खर्ब ६६ अर्ब रुपैयाँ कुल आम्दानी गरेको
छ।जसमध्ये विद्युत् बिक्रीबाट मात्र अघिल्लो आर्थिक वर्षको तुलनामा १८.२० प्रतिशत वृद्धि भएर १ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ आम्दानी भएको बताइएको छ।

यस्तै कार्यसम्पादन सुधार, विद्युत् चुहावट नियन्त्रण र निर्यात वृद्धिका कारण समग्र कुल नाफा भने १३.१७ प्रतिशत बढेर ३१ अर्ब २३ करोड रुपैयाँ पुगेको तथा सञ्चालन मुनाफा ७.२८ प्रतिशत बढेर २४ अर्ब ८१ करोड पुगेको जानकारी विद्युत् प्राधिकरणले दिएको छ।प्राधिकरणका अनुसार विद्युत् प्राधिकरणको कुल सम्पत्ति ८.९ प्रतिशत बढेर ७ खर्ब ७९ अर्ब १९ करोड २० लाख पुगेको छ। निर्माणाधीन पुँजीगत आयोजनाहरूमा २ खर्ब ६ अर्ब २६ करोड ७० लाख लगानी छ भने यस अवधिमा ७४ अर्ब ६ करोड ६० लाख पुँजीकरण भएको छ।यसैगरी ५ एम्पियरका २५ लाख ८८ हजार ६२४ घरेलु ग्राहकलाई २१ करोड ७३ लाख ३२ हजार १६६ युनिट विद्युत् निःशुल्क दिइएको प्राधिकरणले उल्लेख गरेको छ।

औसत बिक्री दर प्रतियुनिट रु. ९.६८ छ भने प्रतिग्राहक खपत बढेर २,०८८ युनिट पुगेको प्राधिकरणको भनाइ छ।प्राधिकरणका अनुसार अनलाइनबाट ४० अर्ब ९९ करोड रुपैयाँ महसुल उठेको छ। अघिल्लो वर्ष ३४ अर्ब ३३ करोड महसुल संकलन भएको थियो।यसैबिच पूर्वऊर्जामन्त्री कुलमान घिसिङले विद्युत् प्राधिकरणको नाफा संकुचन भइरहेको विषयमा गम्भीर समीक्षा र सुधार आवश्यक रहेको बताएका छन्।

‘प्राधिकरणको नाफा संकुचन भइरहेको (आव २०८१/८२ को १२ अर्बबाट आव २०८२/८३ मा करअघिको नाफा करिब ५ अर्ब मात्र रहेको) विषयमा गम्भीर समीक्षा र सुधार आवश्यक छ’, लामो समय विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पनि रहेका घिसिङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर यसको विकल्प प्राधिकरणलाई कमजोर बनाउनु होइन, अझ सक्षम, सबल, व्यावसायिक, पारदर्शी र जनउत्तरदायी बनाउनु हो।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports