काठमाडौं आईपुगिन अमेरिकी उच्च अधिकारी सामन्था पावर, आजै प्रधानमन्त्री सग भेट गर्ने
वि.सं.२०७९ माघ २४ मंगलवार १२:१५
shares

काठमाडाैँ- युएस एड(अन्तर्राष्ट्रिय सहयाेगका लागि अमेरिकी नियाेग) की प्रमुख सामन्था पावर मंगलबार काठमाडाैँ आइपुगेकी छन्। पुष्पकलम दाहाल ‘प्रचण्ड’ काे सरकार गठनपछि नेपाल भ्रमणमा आउने उनी पहिलाे विदेशी उच्च अधिकारी हुन्।
पावरले आज प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री डा. विमला राई पाैडेल र अर्थमन्त्री विष्णु पौडेलसँग भेट्ने कार्यक्रम छ। पावरले नेपाल भ्रमणका क्रममा नागरिक अभियन्ताहरू, विभिन्न समुदाय, सरकारी अधिकारी र विद्यार्थीहरूसँग विभिन्न विषयमा अन्तर्क्रिया गर्नेछिन्।
उनी अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी सदस्य पनि हुन्। सामन्था पावर अमेरिकी मन्त्रीसरहकाे मर्यादामा छिन्। युएस एडले जारी गरेकाे विज्ञप्तिमा नेपाल-अमेरिका सम्बन्धकाे ७५ वर्षकाे साझदारीका अवसरमा पावर नेपाल भ्रमणमा आएकी हुन्।






































