linktrix Long Ad
Salt Trading Long Ad

पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक रूपमा ८१ करोड भन्दा बढी घाटा

221
shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ ।

निगम सञ्चालक समितिको आइतबारको निर्णय अनुसार सोमबार देखि लागू हुनेगरी साविकको खुद्रा बिक्री मूल्यलाई नै यथावत राखेको जनाएको हो ।पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्दा पनि निगमलाई पाक्षिक रूपमा ८१ करोड ३५ लाख घाटा हुने निगमले जनाएको छ ।

निगमले गत साउन १८ गतेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल/मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको थियो ।निगमका अनुसार, पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १ सय ९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १ सय ९९ रुपैयाँ र तेस्रो वर्गका लागि २ सय रुपैयाँ कायम छ ।

त्यस्तै, डिजेल/मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १ सय ९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १ सय ९९ रुपैयाँ र तेस्रो वर्गका लागि २ सय रुपैयाँ तोकिएको हो ।निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी, वीरगञ्जलाई पहिलो, सुर्खेत, दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको जनाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports