linktrix Long Ad
Salt Trading Long Ad

आज लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभाका सदस्यको निर्वाचनमा सतारुढ दलका उम्मेदवार कुमार दसौदी निर्वाचित

806
shares

दाङ-राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसाैदी निर्वाचित भएका छन्। सत्ता साझेदार दलकाे तर्फबाट एमालेका दसाैदीले मनाेनयन दर्ता गरेका थिए। दसाैदीले ४ हजार २६ मत प्राप्त गर्दै विजयी भएकाे मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए।

नेपाली कांग्रेसका माधव आचार्यले ३ हजार ७ सय २० मत प्राप्त गरे। यस्तै, नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले १९२ मत प्राप्त गरेका छन्। प्रदेशसभातर्फ तीन मत बदर भएकाे छ। नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदको उपनिर्वाचन भएकाे हाे। निर्वाचनमा ३०५ जना मतदाता थिए। जसमा ३०४ मत खसेकाे थियाे । निर्वाचित भएका दसाैदी रोल्पा रुन्टीगढी- ५ निवासी हुन्। मनाेनयन दर्ता दसौदीको प्रस्तावकमा नेकपा माओवादी केन्द्र बाट निर्वाचित गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल र समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्य मीनाकुमारी श्रेष्ठ थिए।

नागरिक उन्मुक्तिबाट भने स्थायी घर सल्यान भई हाल बाँकेमा बसोबास गर्दै आएका राजेन्द्रवीर राय उम्मेदवार बनेका थिए। रायको प्रस्तावकमा उन्मुक्तिका सांसद राजकुमार चौधरी र समर्थकमा प्रदेशसभा सदस्य धर्मबहादुर चौधरी थिए। कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यले मनोनयन दर्ता गर्दा उनको प्रस्तावकमा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी र समर्थकमा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी बनेका थिए।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports