२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रोल्पाको थबाङ पहिरो : निधन भएका १० जनाको सनाखत, ३ जना अझै बेपत्ता, खोजिकार्य जारी

624
shares

रोल्पा । रोल्पा जिल्लाको थबाङ गाउँपालिका वडा नं. ५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा मृत्यु हुनेको संख्या १० पुगेको छ।

पहिरोमा परी घाइते भएका २ जनालाई उपचारका लागि बुटवलतर्फ पठाइएको छ भने बेपत्ता भएका ३ जनाको खोजी कार्य अझै जारी रहेको छ।रोल्पाको थबाङ गाउँपालिका ५ कोटलबारामा पहिरोमा पुरिएर १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमल बहादुर पुन मगर, ८० वर्षीया मनखना पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगरको मृत्यु भएको छ।

यस्तै पहिरोमा बगेर प्युठानमा फेला परेका मृतकहरूमा थबाङ ५ कोटलबाराकै कुमार पुन मगरका ७ वर्षीय छोरा अशोक पुन मगर, ३४ वर्षीय महेन्द्र घर्ती, ६६ वर्षीया मनि पुन मगर, ३४ वर्षीया विष्णु पुन भन्ने जुन कुमारी पुन मगर र ८० वर्षीय बल बहादुर पुन मगर रहेका छन्।

घटनामा सोही ठाउँका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगर घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि बुटवल पठाइएको छ। पहिरोमा परी ९ वर्षीय अशिम पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर र ७२ वर्षीय लिल बहादुर पुन मगर बेपत्ता भएका छन्। बेपत्ताहरूको खोजी कार्य निरन्तर जारी रहेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports