आज यी नदीमा बहाव उल्लेख्य बढन सक्ने, ४२ जिल्लामा जोखिमको सम्भावना
वि.सं.२०८३ साउन २९ शुक्रवार १२:०२
shares

बाढी पूर्वानुमान महाशाखाले आज शुक्रबार बिहान ८ बजे जनाएअनुसार कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाब अहिलेसम्म सतर्कता तहभन्दा तलै छ।
तर दिउँसो र राति ती नदीमा बाढीको मात्र उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।यसैगरी आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, रूपन्देही, कपिलवस्तु, पाल्पा, तनँहु, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, रोल्पा, सल्यान, रुकुमपश्चिम, जाजरकोट, सुर्खेत, दैलेख, अछाम, कालिकोट, बाजुरा, हुम्ला, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेल्धुरा, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब पनि उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।






































