linktrix Long Ad
Salt Trading Long Ad

राप्रपाका पूर्वमहामन्त्री डा.राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता गराए

364
shares

काठमाडौँ । राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता गराएका छन् ।

७९ जना केन्द्रीय सदस्य रहने गरी आयोगमा उनले शुक्रबार आफ्नो नेतृत्वको दल दर्ता गराएका हुन् ।दलको चुनाव चिन्ह त्रिभुज राखिएको छ । झण्डामा सेतो रङमा त्रिभुज चिन्ह राखिने छ ।

मेडिकल व्यवसायीसमेत रहेका अभियन्ता दुर्गा प्रसाईंको संलग्नताबिना नै उनले दल दर्ता गराएका हुन् । शक्ति बाँडफाँटको विषयमा सहमति नजुट्दा उनीहरू दल दर्ताको अन्तिम समयमा अलग भएका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports