linktrix Long Ad
Salt Trading Long Ad

सुदूरपश्चिम प्रदेश सरकारले आज विश्वासको मत लिने मत नपाए सरकार चटट

676
shares

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने तयारी गरेका छन्। नेकपा एमाले संसदीय दलका नेता रहेका रावल गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा गठन भएको रावल नेतृत्वको सरकारले एक महिना भित्र विश्वासको मत लिनुपर्छ। सोही व्यवस्थाअनुसार रावलले आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने कार्यसूची छ।

बुधबार पनि प्रदेश सभा बैठक बोलाइएको थियो। सुरूमा ११ बजे र स्थगित गर्दै १ बजेका लागि बैठक राखे पनि मुख्यमन्त्रीलाई विश्वासको मत पाउने अवस्था नदेखिएपछि बैठक आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो। रावललाई मुख्यमन्त्री नियुक्ति हुँदा समर्थन गरेको रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग पूरा नभएसम्म विश्वासको मत दिन नसकिने बताइरहेको छ। नागरिक उन्मुक्तिबाट प्रदेश सभामा ७ जना सांसद छन्। यी सांसदले मत नदिएमा रावल नेतृत्वको सरकारले विश्वासको मत पाउँदैन, ढल्छ। त्यसकारण सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूले पनि नागरिक उन्मुक्ति पार्टीसँग छलफललाई तीव्रता दिएका छन्।

नागरिक उन्मुक्ति पार्टीले भने जेलमा रहेका रेशम चौधरीलगायत टीकापुर घटनामा जोडिएकाहरूलाई रिहाइ गर्नुपर्ने लगायत माग राख्दै आएका छन्। रावल मुख्यमन्त्री भएको एक महिना भएकोले आज विश्वासको मत लिनुपर्ने व्यवस्था छ। मुख्यमन्त्री हुँदा रावललाई माओवादी केन्द्रका १०, नेकपा एमालेका ९, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना सांसदको समर्थन थियो। यीमध्ये नागरिक उन्मुक्ति पार्टीले अहिले विश्वासको मत दिन नसकिने अडान राखिरहेको छ।

प्रतिपक्षमा भने नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ३ र स्वतन्त्र १ जना सांसद छन्। यदी नागरिक उन्मुक्ति पार्टीका सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत नदिएमा नयाँ सरकार बन्ने अवस्था सिर्जना हुन्छ। त्यसका लागि नयाँ गठबन्धनबाट सरकार बन्ने वा ठूलो दलको हैसियतमा नेपाली कांग्रेसले सरकार बनाउने अवस्था आउन सक्छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports