linktrix Long Ad
Salt Trading Long Ad

एमालेको निर्णय सत्ता गठबन्धनलाई अझ बलियो बनाउने

546
shares

काठमाडौं ।नेकपा एमालेले सत्ता गठबन्धन टिकाइराख्ने संकल्प गरेको छ । पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन जोगाउन चुनौतीपूर्ण परिस्थिति रहेको बताए । उनले भने, ‘जनतामा बढ्न थालेको निराशा लगायतका विषयलाई सम्बोधन गरेर सही राजनीति दिनको लागि यो गठबन्धन र सरकारलाई टिकाएर लानुपर्छ । चुनौती छन् तर टिकाएर लानुपर्छ भन्ने संकल्प गरेका छौं ।’ रास्वपाले सरकारले छाडेको विषयमा समीक्षा हुँदै जाने ज्ञवालीले बताए ।

उनले भने, ‘हामीले पुस १० गते नयाँ कोर्स निर्माण गर्दाको सहमति अनुसार रास्वपालाई उसको भागमा परेको जिम्मेवारी दिनुपर्थ्यो । व्यक्ति कसलाई पठाउनुहुन्थ्यो उहाँहरूको कुरा हो । उहाँहरूले समर्थन कायमै राख्नुभएको छ । उहाँहरूलाई उपयुक्त वातावरण बनाएर ल्याउने प्रयास जारी छ ।’ उनले जसपा र नागरिक उन्मुक्तिलाई ल्याउन छलफल भइरहेको बताए । गठबन्धनमा विश्वास टिकाइराख्न हिजोका प्रतिबद्धता कार्यान्वयन गर्न आवश्यक भएको बताए । गठबन्धनमा उत्पन्न भएका समस्याका विषयमा भोलि बस्ने उच्चस्तरीय संयन्त्रको बैठकमा समीक्षा हुने बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports