linktrix Long Ad
Salt Trading Long Ad

राप्रपाको कार्यसम्पादन समितिको बैठक आज बस्दै, राष्ट्रपतिको निर्वाचनका बारेमा निर्णय गर्ने

754
shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार दिउँसो १ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। राष्ट्रपति निर्वाचनमा के गर्ने भन्नेबारे अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यसम्पादन समिति बैठकमा नेताहरूको धारणा लिने तयारी गरेका छन्।

राप्रपामा राष्ट्रपति चुनावमा मतदान गर्नुपर्ने र मतदान गर्न नहुने भन्नेमा नेताहरू विभाजित छन्। आफूहरू ‘राजावादी’ भएकोले राष्ट्रपति निर्वाचनमा भाग लिन नहुने तर्क समेत केही नेताले उठाउने गरेका छन्। राप्रपा राष्ट्रपतिका दुई उम्मेदवार मध्ये कसैको पनि प्रस्तावक र समर्थक बसेको छैन। गत फागुन १३ गते राष्ट्रपतिका दुई उम्मेदवारले मनोनयन दर्ता गरेका थिए। राष्ट्रपतिका उम्मेदवारहरू नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवास नेम्वाङले राप्रपा कार्यालयमै पुगेर आफूलाई सहयोग गर्न आग्रह गरेका थिए।

त्यो बेला राप्रपाले पार्टी बैठक बस्ने र निर्णय लिने जवाफ उम्मेदवारहरूलाई दिएको थियो। बिहीबार (फागुन २५ गते) राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ। मतदान हुनुभन्दा एक दिन पहिले राष्ट्रपति चुनाव बारे निर्णय लिन राप्रपाले बैठक राखेको छ। पार्टी भित्र छलफल गरेर सहमतिका साथ निर्णयमा पुगिने प्रवक्ता श्रेष्ठले बताए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports