२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ओलीको अध्यक्ष फेर्ने भन्दै अराजक गतिविधि नगर्न चेतावनी

1K
shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र पुनर्गठनको वकालत गर्नेहरूलाई अराजक संज्ञा दिएका छन् ।

झापा एमालेले गरेको ‘मिसन पार्टी जागरण अभियान’को उद्घाटन गर्दै ओलीले अध्यक्ष फेर्ने भन्दै अराजक गतिविधि नगर्न चेतावनी दिएका हुन् ।‘सामाजिक सञ्जालमा स्टाटस लेखेर अध्यक्ष हटाउने ? हस्ताक्षर क्याम्पेन गरेर अध्यक्ष हटाउने ? पार्टीमा यस्तो शैली सह्य हुँदैन,’ ओलीले भनेका छन् ।

एमाले अहिले पुनर्गठनको अवस्थामा नरहेको पनि उनले बताए । ‘आज पुनर्गठन होइन, पुनर्जागरणको अवस्थामा छौं,’ ओलीले भने । नेतृत्व फेर्ने प्रक्रियालाई मात्र पुनर्गठन नभनिने तर्क समेत उनले गरे । ‘अहिले पार्टी पुनर्गठन जो भनिएको छ, वास्तवमा पुनर्गठन होइन । कुनै जनसंगठनको होला, सिंगै पार्टीको पुनर्गठन होइन,’ ओलीले भने, ‘कुनै कमिटीको होला । त्यस्तो व्यापक रूपमा भइरहन्छ । अधिवेशनहरू गरिरहन्छौं, पुनर्गठन हुँदैन ।’

विगतका अध्यक्षहरूको नाम लिएर ओलीले नेतृत्व फेर्ने कुरा मात्र पुनर्गठन नभएको बताए । नीति, गन्तव्य र कार्यक्रम बदल्ने कुरा चाहिँ पुनर्गठन हुने ओलीको भनाइ थियो ।आफ्नो नेतृत्वमा कुनै समस्या नरहेको पुष्टि गर्न ओलीले विगतका घटनाक्रमहरूको लामै व्याख्या गरे । बेलाबेला आफूविरुद्ध पार्टीभित्र गतिविधि हुने गरेको पनि ओलीले सम्झिए ।‘२०२९ सालदेखि २०३२ सालसम्म सीपी मैनालीहरूले मलाइ सदस्यविहीन बनाए’, ओलीले भने ।

फेरि ०७७ सालमा प्रचण्ड र माधवकुमार नेपालहरूले पार्टीबाट निस्कासन गरेको प्रसंग सुनाउँदै ओलीले आफूले हरेकपटक पार्टी बचाउँदै आएको तर्क गरे ।आफ्नो नेतृत्वमा भएका कामको लामो बयानपछि ओलीले पार्टी सदस्यहरूको आलोचना गरे ।‘हाम्रो पार्टीमा सदस्य भन्दा कम भोट आयो । सुन्दा लाज हुन्छ,’ ओलीले भने, ‘कस्तो सदस्य ?’पार्टीलाई भोट नहाल्ने सदस्यको नवीकरण नगर्न निर्देशन पनि दिए । ‘सदस्यको नवीकरण गर्नुस्, गैर सदस्यको होइन,’ उनले भने, ‘नयाँ सदस्य थप्नुस् ।’

सदस्यहरूको आलोचना गरेपछि नेताहरूविरुद्ध ओली खनिए । ‘पर्याप्त खान पाएकाहरूले गुनासो गरेका छन्,’ ओलीले भने, ‘केही नपाएकाले यसपटक पनि भोट हाले । केही पाएकाले यसपटक पनि भोट हालेनन् ।’पार्टीको खाएर गुनासो गर्नेहरूलाई ओलीले ‘किर्ना’को संज्ञासमेत दिए । ‘एमालेलाई पनि भैंसी बनाउन खोजेका छन् साथीहरूले,’ ओलीले भने ।

सम्बोधनका क्रममा पार्टीभित्र लोकतन्त्र जीवित रहेको र सबैको कुरा सुन्ने गरेको पनि उनले बताए । ‘मैले जिन्दगीमा अहिलेसम्म कडा वचन, कडा स्वर कहिले प्रयोग गरेको छैन,’ ओलीले भने ।हप्काएर नेता बेहोस् भयो भन्ने प्रचार सही नभएको ओलीको प्रष्टोक्ति थियो । ‘कसैलाई हप्काउन पाइँदैन । कोही मालिक र कोही दास छैन,’ उनले भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports