linktrix Long Ad
Salt Trading Long Ad

महिला सशक्तिकरण अभियानमा लाग्न एमाले अध्यक्ष ओलीको आग्रह

871
shares

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामा जोड दिंदै महिलाको सशक्तिकरण अभियानमा एक भएर लाग्न सबैमा अपिल गरेका छन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज बुधबार शुभकामना सन्देश जारी गर्दै उनले सो अपिल गरेका हुन् ।

“महिला दिदीबहिनीहरुलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी महिला विरुद्ध हुने हिंसा अन्त्य गर्न तथा मुलतः शिक्षामा जोड दिंदै महिलाको सशक्तिकरण गर्ने अभियानमा सबै एक भएर लाग्न सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा म हार्दिक आह्वान गर्दछु” शुभकामना सन्देशमा उल्लेख छ । महिला अधिकार स्थापित गर्ने संघर्षको दिनका रुपमा आज ८ मार्चलाई विश्वभर अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा मनाउने गरिएको भन्दै अध्यक्ष ओलीले संसारभरका महिलालाई समानताको हक अधिकार स्थापित गर्न दिवसले प्रेरणा मिल्ने शुभकामना व्यक्त गरेका छन् ।

नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाको सहभागिता र नेतृत्व विश्वकै लागि अनुशरणीय रहँदै आएको उनले चर्चा गरेका छन् । ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनमा नेपाली महिलाले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्णाक्षरले लेखिएको उनको भनाइ छ । देश विकासका लागि जनसंख्याको आधाभन्दा बढी भाग ओगट्ने महिला दिदीबहिनीको समान सहभागिता अत्यन्त जरुरी छ रहेको उनले चर्चा गरेका छन् ।

नेकपा (एमाले) नेतृत्वको सरकारले महिला अधिकारको क्षेत्रमा लिएका नीति र गरेका कामको प्रतिफल स्वरुप नेपालको लैङ्गिक विकास सूचकाङ्कमा उल्लेख्य सुधार भएको उनले दावी गरेका छन् । संविधानमा महिलाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक सुनिश्चित गरिएको उनले बताए ।संसदमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व संविधानद्वारा नै सुरक्षित गरी एसियाकै राजनीतिमा महिलाको उच्च सहभागिता हुने मुलुकमा नेपाल पर्न सफल भएको उनले चर्चा गरे । आज स्थानीय तहमा हजारौं महिलाको प्रतिनिधित्वले राजनीति र विकासमा महिलाको योगदान बढेको उनको भनाइ छ ।

समाजको न्युन चेतनाका कारण समाजमा महिला हिंसा र उत्पीडनका अवशेषहरु कायम रहेको चर्चा गर्दै अध्यक्ष ओलीले कानूनी प्रवन्ध र राज्यको प्रयासले मात्र यस्ता उत्पीडनलाई निमिट्यान्न पार्न कठिन हुने हुनाले सबैले हातेमालो गर्नुपर्ने उनको सुझाव छ । “महिलामाथि यौन हिंसाजस्ता जघन्य अपराधका घटना हामी दिनदिनै सुन्न र भोग्न वाध्य छौँ । अज्ञानता र कुरीतिको आड लिएर हुने खराव अभ्यासका कारण वोक्सी, छाउपडी, दाइजो, बालबिवाह र जातीय विभेदजस्ता उत्पीडनकारी अवशेष कायमै छन्” उनले शुभकामना सन्देशमा भनेका छन् ।

मुलुकमा सुशासन, विकास र सामाजिक न्यायको अगुवा पार्टी एमाले भएको चर्चा गर्दै अध्यक्ष ओलीले भनेका छन्, “हाम्रै सरकारले महिला र किशोरीमाथि हुने बलात्कार र हिंसाको नियन्त्रण र कारवाहीसम्वन्धी कानूनी व्यवस्थालाई थप कडा बनाउँदै तेजावजन्य पदार्थको आक्रमण गर्नेलाई सजाय बृद्धि तथा पीडितलाई उचित क्षतिपूर्ति र रोजगारीको व्यवस्था हुनेगरी कानूनलाई सुदृढ बनाएको थियो । समृद्ध नेपाल, सुखी नेपालीको हाम्रो गन्तव्यमा सामाजिक न्याय महत्वपूर्ण आयाम हो ।”

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports