linktrix Long Ad
Salt Trading Long Ad

अहिलेको गठबन्धन कुर्सीको लागि मात्र हो, धेरै टिक्दैन : एस नेता खनाल

910
shares

मोरङ । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानीत नेता झलनाथ खनालले वर्तमान आठदलीय गठबन्धन लामो समय नटिक्ने संकेत गरेका छन् । बुधबार मोरङको उर्लाबारी आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले गठबन्धन कुर्सीका लागि मात्रै बनेको टिप्पणी गरे ।

मंसिर ४ को निर्वाचन तीन महिना मात्रै भएको बताउँदै उनले यही महिनामै तीनवटा समीकरण भइसकेको उनले बताए । नेता खनालले भने, ‘सरकारको समय पाँच वर्ष पुरै बाँकी छ । त्यसैले धेरै गठबन्धन हेर्न बाँकी छ । अहिलेको गठबन्धन कुर्सीकै लागि मात्र भएको देखिन्छ ।’ उनले आफ्नो पार्टी कुरालाई आन्तरिक मामिला भएको बताउँदै भने, ‘हामी आफैँ निर्णय गछौँ । तर, गठबन्धनको श्रृँखलाचाहिँ धेरै आउँछन् ।’

नेकपा माले र नेकपा एमालेले आम जनता र राष्ट्रको आवाज बोलेकाले सशक्त पार्टी निर्माण भएको बताउँदै राष्ट्र र जनता बिर्सिदा पार्टीहरू कमजोर र विभाजन हुने गरेको उनले बताए । उनले एमाले, नेकपा माओवादी, जसपा कोहीसँग पनि पार्टी एकीकरणको सम्भावना नरहेको समेत दावी गरे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports