linktrix Long Ad
Salt Trading Long Ad

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा घोषणा गरे

156
shares

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामाको घोषणा गरेका छन्। बिहीबार प्रदेश सभामा सम्बोधन गर्दै शाहले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

राजीनामा दिएको पत्र प्रदेश प्रमुख नजिर मियाँलाई बुझाउने जानकारी समेत शाहले सभालाई गराएका छन्। बजेटको विषयमा असहमति जनाउदै नेकपा एमालेले शाहलाई दिएको समर्थन ३१ असारमा फिर्ता लिएको थियो।

समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका शाहले ३०औँ दिनमा राजीनामा दिएका हुन्। अब प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports