linktrix Long Ad
Salt Trading Long Ad

रास्वपाको बैठक आज बस्दै, राष्ट्रपतिको निर्वाचनमा मतदान गर्ने कि नगर्ने निर्णय हुने

858
shares

काठमाडौं । आज हुने राष्ट्रपति निर्वाचन बारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक बस्दैछ । बैठक बिहान साँढे ८ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बुझिएको छ ।

बैठकले राष्ट्रपति निर्वाचनमा मतदान गर्ने कि नगर्ने भन्ने बारे निर्णय लिने बताइएको छ । संघीय संसदमा रास्वपाका १९ जना सांसद रहेका छन् ।

राष्ट्रपतिको निर्वाचनको मतदान आज बिहान १० देखि दिउँसो ३ बजेसम्म हुँदैछ । राष्ट्रपतिका लागि नेकपा एमाले बाट सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेस बाट रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports