राष्ट्रपति भण्डारी सदैव अविस्मरणीय रहनु हुनेछ : अध्यक्ष थापा
वि.सं.२०७९ फागुन २५ बिहीवार ०७:५९
572
shares
shares

काठमाडौं ।राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रपति विद्यादेवी भण्डारी मुलुकका लागि सदैव अविस्मरणीय रहनुे बताएका छन् ।
आफ्नो कार्यकालमा राष्ट्रपति भण्डारी लिएका विभिन्न अडानले संविधानको रक्षाका साथै मुलुकको समेत हित गरेको चर्चा गर्दै थापाले राष्ट्रपति भण्डारी बारे सकारात्मक टिप्पणी गरेका हुन् ।
‘नेपालको इतिहासमा पहिलो महिला राष्ट्रप्रमुख हुने गौरव पाएकी विद्यादेवी भण्डारी फागुन २९ मा निवृत्त हुनुहुनेछ,’ थापाले फेसबुकमा लेखेका छन्, ‘आलोचना सबैको हुन्छ । तर, राष्ट्रहितविपरीतको नागरिकता विधेयक र गम्भीर अपराधमा संलग्नलाई उन्मुक्ति दिने अध्यादेशमा लिनुभएको अडानको कारण नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी सदैव अविस्मरणीय रहनुहुनेछ ।’





































