kumari
stcnepal

विश्वकप क्रिकेट लिग–२ : आज नेपाल र युएई बीच अन्तिम खेल हुदै

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीवार घरेलु टोली नेपालले अन्तिम खेल यूएई सँग खेल्ने भएको छ । बिहान साढे ९ बजे देखि खेल हुँदैछ । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको खेल मैदानमा हुने खेल जितेर विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउने लक्ष्यका साथ नेपाल मैदान प्रवेश गर्दैछ । यसअघि भएका खेलमा नेपालले यूएईलाई २ खेलमा पराजित गरिसकेको छ ।

यसअघि नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएई २२.५ ओभरमा ७१ रन बनाउँदा अलआउट भएको थियो । नेपालले आगामी ४ वर्षका लागि १ दिवसीय मान्यता पाइसकेको छ । बिहीवारको खेलमा यूएईलाई हराउन सके नेपालले विश्वकप छनोटमा सिधै स्थान बनाउनेछ भने यूएई सँग नेपाल हारेमा नामिबिया विश्वकप छनोटमा प्रवेश गर्नेछ ।

footer