linktrix Long Ad
Salt Trading Long Ad

हिन्दू विश्वविद्यालय गठन गर्न गुरूङको अध्यक्षतामा समिति गठन

572
shares

पशुपति क्षेत्र विकास कोषले हिन्दु विश्वविद्यालय स्थापना गर्न सम्भाव्यता अध्ययनका लागि डा.जगमान गुरुङको नेतृत्वमा ५ सदस्य समिति गठन गरेको छ । बिहीबार कोषले विश्वविद्यालय निर्माणका लागि सम्भाव्यता सहित अवधारणा पत्र तयारी समिति गठन गरेको हो । पर्यटन मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै चैत भित्रमा अवधारणा पत्र तयार पारिसक्ने गरी काम अगाडि बढाउने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा सस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल धर्मनिरपक्ष राष्ट्र भएको भन्दै सबै धर्मको सम्मान हुने बताए। डा.जगमान गुरुङलाई हिन्दु विश्वविद्यालय स्थापना गर्न अध्ययन गर्ने जिम्मेवारी भन्दा पनि सम्मान भएको बताए। उनले हिन्दु विश्वविद्यालय स्थापना गर्नु अहिलेको मुलुकको आवश्यकता भएको बताए। आधुनिक नेपालको सम्भयताको प्रारम्भ हिन्दु विश्वविद्यालय स्थापनाबाट हुने उनले दाबी गरे।

उनले मुलुकको मूल्य मान्यताहरुलाई स्थानीयकरण गर्न नसकेको भन्दै हिन्दु विश्वविद्यालय विश्वभर वुद्धिजीवी उत्पादन उद्देश्य रहेको बताए। नेपालको सांस्कृतिक कुटनीतिलाई सशक्त माध्यम बनाएर पर्यटन विकास गर्न योगदान पुग्ने उनको भनाइ थियो। हिन्दु विश्वविद्यालय २०८ १को मंसिरभित्र सबै प्रक्रिया पूरा गर्ने घोषणा गरिएको छ । अध्ययन सहित अवधारणा पत्र तयार गर्न गुरुङसहित ५ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा प्राडा रामचन्द्र गौतम, प्रा चेतनाथ गौतम, कमल ढकाल र सदस्य सचिवमा डा. घनश्याम खतिवडा छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports