linktrix Long Ad
Salt Trading Long Ad

बिदाको दिनमा पनि यी २२ क्षेत्रमा सार्वजनिक सेवा प्रदान हुने

702
shares

काठमाडौँ । बिदाको दिन पनि विभिन्न २२ क्षेत्रमा सार्वजनिक सेवा प्रवाह हुने भएको छ । गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको बिदाको सूचीसम्बन्धी सूचनामा पर्व बिदामध्ये खण्ड (ख) को उभौली पर्व, खण्ड (ख) को रक्षाबन्धन, खण्ड (घ) को श्रीकृष्ण जन्माष्टमीका दिन सार्वजनिक सेवा प्रवाह गरिनेछ ।

यस्तै खण्ड (ङ) को घटस्थापना, खण्ड झ) को क्रिसमस डे, खण्ड (१) को उधौली पर्व, खण्ड (ट) को तमु ल्होसार पर्व लगायतका बिदाहरुमा सार्वजनिक सेवा प्रवाह गर्न सम्बन्धित मन्त्रालय वा निकायले आवश्यक प्रबन्ध मिलाउनुपर्ने सूचनामा उल्लेख छ । सार्वजनिक सेवा भन्नाले नागरिकता सम्बन्धी, राहदानी सम्बन्धी, कन्सुलर सम्बन्धी, भन्सार सम्बन्धी, सवारी व्यवस्थापन सम्बन्धी, मालपोत सम्बन्धी सहितका २२ क्षेत्र पर्छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports