kumari
stcnepal

विश्वकप छनोटमा पुगेका क्रिकेट खेलाडीलाई जनही ३ लाख पुरस्कार दिने सरकारको घोषणा

काठमाडौं। विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सरकारी निवास बालुवाटार बोलाएर बधाई दिँदै राष्ट्रिय टोलीका खेलाडीलाई जनही ३ लाखका दरले पुरस्कार दिने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भनेका छन्ः

विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दै प्रतिखेलाडी रू. ३ लाख पुरस्कारको घोषणा गर्दछु।बिहीबार यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको थियो ।

footer