kumari
stcnepal

दक्षिण कोरियाले मौसमी कामदार नलैजाने

 

काठमाडौ । दक्षिण कोरियाले ६ महिनासम्मका लागि नेपाल सहित अन्य मुलुकहरुबाट मौसमी कामदार लैजान रोक लगाएको छ । उच्च लागत तिरेर गएका नेपाली कामदारहरु गैरकानुनी हैसियतमा बस्ने क्रम बढेकाले गर्दा कामदार लैजाने नीतिमा पुर्नविचार गर्दै कोरिया सरकारले कामदार लैजान रोक लगाएको छ ।
अब तत्काल मौसमी कामदार लैजाने प्रक्रिया सुचारु हुने सम्भावना नरहेको सोलस्थित नेपाली दुतावासका उपप्रमुख पुष्पराज भट्टराईले बताएका छन् । उनका अनुसार मौसमी कामदारले कुनै पक्षलाई फाइदा हुने अवस्था नदेखिएको र चर्को शुल्क तिरेर गएका कामदारहरु नफर्किने अवस्था देखिएपछि कोरिया सरकार मौसमी कामदार लैजान सरकारात्मक देखिएको छैन । कोरियामा नेपालका करिब १५ सय मौसमी कामदार रहेको कोरिया सरकारको रेकर्डमा भएपनि उनीहरु कुन भिषामा त्यहाँ पुगे विववरण नै छैन । त्यसरी कोरिया पुगेका कामदारहरु नेपाल नफर्किएका हुनाले उनीहरुलाई पक्राउ गरी डिर्पोट गर्नुपर्ने अवस्था रहेको छ ।
स्थानीय तहबाटै कोरियामा मौसमी कामदार पठाउन मिल्ने भएपछि शक्ति समूहको दवावमा तत्कालिन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मौसमी कामदार निर्देशिका जारी गराएका थिए । उक्त निर्देशिका अनुसार मौसमी कामदार चाहिने रोजगार दाताले सोलमा रहेको नेपाली दुतावासबाट माग प्रमाणिकरण गर्नुपर्ने बाध्यताकारी नियम रहेको छ । तर उक्त निर्देशिका जारी भएपछि नेपाली दुतावासले कुनै प्रमाणिकरण नै गरेको छैन । दुतावासले प्रमाणिकरण नै नगरेको भएपनि नेपालमा भने दलालहरुले मौसमी कामदारहरु पठाउने भन्दै १० लाख सम्म रकम असुल्न थालेका थिए ।
हालै कोरिया सरकारले बढाएको तबल भत्ता लगायतका सुविधा मौसमी कामदारको हकमा लागु हुँदैन । न्यूनतम ५ जना कामदार भएको कम्पनीले न्यूनतम ज्याला ९ हजार ६ सय २० वानमै काम लगाउन सक्ने छुट उनीहरुलाई दिएको छ । कोरियामा अहिले ३५ हजार भन्दा बढी नेपाली कामदार रहेका छन् । इपिएस प्रणालीबाट गएका नेपाली कामदारहरुको संख्या ७५ हजार रहेको छ । त्यसमा ५ हजार महिला रहेका छन् । अहिले कोरियामा ३ हजार भन्दा बढी नेपाली कामदार गैरकानुनी रुपमा बसिरहेका छन् । कोरियाले भने गैरकानुनी रुपमा नेपाली कामदार नबसुन् भन्ने चाहना राख्दै आएको छ । तिनीहरुलाई नेपाल फर्काउन नेपालले सहजीकरण गर्नुपर्ने उसको भनाई रहेको छ ।

footer