linktrix Long Ad
Salt Trading Long Ad

उपराष्ट्रपतिको मतदान सकियो, मतपरिणाम आजै आउने

767
shares

काठमाडौँ – उपराष्ट्रपति निर्वाचनको मतदान सकिएको छ। निर्वाचन आयोगका अनुसार निर्वाचनमा संघीय संसदका ३११ र प्रदेशका ५१८ सांसदले मतदान गरेका छन्। उपराष्ट्रपति निर्वाचनमा संघका ३३४ र प्रदेशका ५८५ सांसद मतदाता रहने व्यवस्था छ। निर्वाचनमा राप्रपाका १४ र नेमकिपाका एक जना संघीय सांसदले मतदान गरेनन्। राप्रपा र नेमकिपाले निर्वाचनमा भाग नलिने निर्णय गरेका थिए।

यस्तै, कांग्रे‍स सांसद चन्द्र भण्डारी र माओवादी केन्द्रका सांसद वर्षमान पुन बिरामी भएका कारण निर्वाचनमा अनुपस्थित रहे। कांग्रेसका टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दा लागेपछि निलम्बित रहेको र एमालेका ल‍क्ष्मी महतो कोइरी फरार सूचीमा रहेकोले अनुपस्थित रहे। कांग्रेस सांसद रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि उक्त पद रिक्त रहेको र चितवन–२ बाट निर्वाचित रवि लामिछानेको सांसद पद खारेज भएको हुँदा रिक्त रहेको अवस्था छ।

प्रदेशका ३२ सांसद निर्वाचनमा अनुपस्थित रहे। मतदानका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको थियो। मतगणना साढे ३ बजेबाट सुरु हुने आयोगले जनाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports