linktrix Long Ad
Salt Trading Long Ad

हिजो डिआइजीमा बढुवा भएका डिआईजीहरूले लगाएर फुली

715
shares

काठमाडौँ । नेपाल प्रहरीका १३ जना नायव महानिरीक्षकले फुली लगाएका छन् । प्रहरी वरिष्ठ उपरीक्षकबाट डिआईजीमा बढुवा भएकाहरुलाई बिहीबार आईजीपी वसन्त कुँवरले फुली लगाइदिएका हुन् ।

डीआईजीमा बढुवा हुनेमा कुवेर कडायत, केदार ढकाल, विष्णु कुमार के.सी, भरत बहादुर बोहरा, रवीन्द्र के.सी, राजेशनाथ बास्तोला, चन्द्र कुवेर खापुङ, जनक भट्टराई, लालमणी आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञ विनोद पोखरेल, र विकाश राज खनाल छन् । बुधवार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बढुवा समितिको सिफारिस अनुसार डीआईजीको बढुवा नियुक्ति गरेका थिए । २०७९ चैत २९ मा बढुवा समितिले एसएसपीहरुलाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

बढुवा सिफारिस विरुद्ध प्रतिस्पर्धी मध्येका एसएसपी चक्र बहादुर सिंह र अनुराग द्धिवेदीले लोकसेवा आयोगमा उजुरी गरेका थिए । आयोगले सो उजुरी खारेज गर्ने निर्णय गरेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports