linktrix Long Ad
Salt Trading Long Ad

एमालेका अध्यक्ष ओली माथि झापामा ढुङामुढाको प्रयास भएको भन्दै संसदलाई जानकारी गराए एमालेका सचेतकले

572
shares

काठमाडौ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले झापाको कार्यक्रमका लागि गएका पार्टी अध्यक्ष केपी ओली माथि अभद्र व्यवहार भएको कुरा सदनलाई जानकारी गराएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै गिरीले अध्यक्ष ओली झापाको भद्रपुर एयरपोर्टबाट बुधबारेको कार्यक्रम स्थलमा पुग्नलाग्दा उनी विरुद्ध होहल्ला गर्ने, पार्टी गतिविधि गर्न लाग्दा अवान्छित गतिविधि गर्ने, शान्ति भंग गर्ने गतिविधि भएकोप्रति आपत्ति जनाएका छन् । कार्यक्रमस्थलमा ढुङ्गामुडा गर्ने, कार्यक्रम भाँड्ने कोशिस भएको बताउँदै त्यसमा सत्तापक्षकै कार्यकर्ता घुसपैठ गराइएको दावी समेत गरे ।

उनले भने– ‘अवान्छित गतिविधिहरु गर्ने, शान्ति भंग गर्ने खालका गतिविधि त्यहाँ भएका छन् । हामी नेकपा एमाले शान्तिपूर्ण राजनीतिमा विश्वास गर्छौँ । हामी यो मुलुकमा लोकतन्त्र संस्थागत भएको हेर्न चाहन्छौँ । सुशासन र विकासको बाटोमा देश अघि बढोस् भन्ने हामी चाहन्छौँ र आम जनतालाई यो व्यवस्थाप्रति विश्वास जगाउन चाहन्छौँ । हामीले लडेर लोकतन्त्र ल्यायौं तर आज एउटा कार्यक्रममा एमालेको नेतृत्व सहभागी हुन जाँदा जुन किसिमले ढुङ्गामुढा गर्ने कोसिस गरिन्छ, कार्यक्रम भाँड्न र अशान्ति पैदा गर्न खोजिन्छ, त्यसमा सत्तापक्षभित्रै कार्यकर्ता घुसपैठ गरिएको छ ।’ उनले सो कार्यक्रममा शान्ति सुरक्षाको व्यवस्था मिलाउने काम सत्ता पक्षको हो कि हैन भन्दै प्रश्न गरे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports