मिटरब्याजीलाई फौजदारी कानूनमा समेटन मन्त्रिपरिषद्को बैठक निर्णय गरी सक्यो : गृहमन्त्री श्रेष्ठ
वि.सं.२०८० वैशाख १३ बुधवार १७:३१
shares
k|ltlglw;ef a}7s sf7df8f}F, !( r}tM pkk|wfgdGqL Pj+ u[xdGqL gf/fo0fsfhL >]i7 k|ltlglw;efsf] cfh a;]sf] a}7sdf ;fj{hlgs dxTjsf] k|:tfj k|:t't ug'{x'Fb} . tl:a/M ls/0f/fh lji6÷/f;;
काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितसँग गरिएको सम्झौतालाई कार्यान्वयन गर्दै समस्या सदाका लागि अन्त्य गरिने बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै श्रेष्ठले मिटरब्याजलाई फौजदारी कानूनको परिभाषामा समेट्ने गरी मुलुकी फौजदारी संहिता संशोधन मस्यौदा विधेयक मन्त्रिपरिद्ले स्वीकृत गरिसकेको र छिटै संसदमा पेश गरिने जानकारी दिए ।
उनले नागरिकता सम्बन्धी कानूनलाई सबैको सहमतिमा नै अघि बढाउनका लागि सरकार प्रतिवद्ध रहेको उल्लेख गरे । श्रेष्ठले शान्तिप्रक्रियाका बाँकी कामलाई अघि बढाउनका लागि सबैको सहयोग आवश्यक रहेकाले सबैको भावना अनुसार नै संक्रमणकालीन न्यायसंग सम्बन्धीत कानूनलाई अघि बढाइने धारणा राखे ।






































