linktrix Long Ad
Salt Trading Long Ad

अब बिधार्थीले शुक्रबार बिधालय जाँदा किताव लानु नपर्ने

546
shares

काठमाडौं । शैक्षिक सत्र २०८० को सुरुवाती सँगै काठमाडौं महानगरपालिकाले ‘पुस्तकविहीन शुक्रबार’ कार्यक्रमको सुरुवात गरेको छ । माध्यमिक तहमा आधारभूत प्राविधिक ज्ञान र सीप सहितको शिक्षा प्रदान गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम सुरु गरिएको हो । विद्यालय तह पूरा गर्दा कुनै न कुनै सीप हासिल गर्न, श्रमप्रति आदर र सम्मान गर्ने जनशक्ति तयार पार्न र विद्यार्थीहरुलाई दैनिक जीवनमा आइपर्ने व्यवहारिक समस्याको समाधान गर्नका निम्ति छोटो अवधिको सीपमुलक तालिम सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ।

यसअघि हप्तामा ६ दिन नै विद्यार्थीहरु किताब केन्द्रित सिकाइ प्रक्रियामा रहँदै आएका थिए । तर शैक्षिक सत्र २०८० देखि काठमाडौं महानगरपालिकाको क्षेत्राधिकार भित्र रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरुले शुक्रबार किताब रहित सिकाइ प्रकियामा सहभागी हुने भएका छन् । महानगरपालिकाले मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै सामुदायिक विद्यालयमा छोटो अवधिमा सीपमुलक तालिम अन्तर्गत हरेक शुक्रबार पुस्तकविहीन कार्यक्रमको उद्‌घाटन गरेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports