linktrix Long Ad
Salt Trading Long Ad

नेपाल र कुबेत बीचमा सेमिफाइनल खेल हुने

585
shares

एसिसी प्रिमियर कपको सेमिफाइनल समिकरण पूरा भएको छ। मुलपानी मैदानमा समूह ‘बी’ को अन्तिम खेलमा कुवेतले हङकङलाई ३० रनले पराजित गरेसँगै सेमिफाइनल समिकरण पूरा भएको हो। कुवेतले दिएको २७३ रनको लक्ष्य पछ्याएको हङकङ अन्तिम बलमा २४२ रनमा अलआउट भयो। जितसँगै कुवेत अन्तिम चारमा पुग्दा हङकङ भने बाहिरियो।

समूह ‘ए’ बाट नेपाल समूह विजेता र ओमान उपविजेता बनेर अन्तिम चारमा पुगे। बिहिबार हङकङलाई पराजित गरेको कुवेत समूह ‘बी’ को उपविजेता बनेर अन्तिम चारमा पुग्यो। समूहमा युएई भने विजेता बन्यो। अब सेमिफाइनलमा नेपाल र कुवेत तथा युएई र ओमानबीच खेल हुनेछ। दुवै सेमिफाइनल आगामी शनिबार हुनेछन्।

समूहमा नेपालले ७ अंक जोड्दा ओमानले ६ अंक जोड्यो। यस्तै समूह ‘बी’ मा युएई र कुवेतले समान ६-६ अंक जोडे। रनरेटमा युएई अघि रह्यो। ५ अंक जोडेको हङकङ भने बाहिरियो। फाइनल आगामी सोमबार हुनेछ भने आइतबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको फाइनल जित्ने टिम एसिया कपमा छनोट हुनेछ। एसिया कपमा प्रिमियर कप च्याम्पियन टिम भारत र पाकिस्तान सम्मिलित समूहमा पर्नेछ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports