linktrix Long Ad
Salt Trading Long Ad

संसद सचिवालयमा नियुत्त भए दुई सचिव

871
shares

प्रतिनिधि सभा र राष्ट्रिय सभामा नयाँ सचिव नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार प्रतिनिधि सभा सचिवमा पदमप्रसाद पाण्डे र राष्ट्रिय सभाका सचिवमा सुरेन्द्र अर्याललाई नियुक्त गरेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

यसअघि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सचिवमा पाण्डे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा सचिवमा अर्याललाई सिफारिस गरेका थिए। प्रतिनिधि सभाका सचिव बनेका पाण्डे यसअघि नायव महान्यायाधीवक्ता थिए।

यस्तै राष्ट्रिय सभाका नयाँ सचिवमा अर्याल यसअघि संसद सचिवालयमै सहसचिव थिए। यसअघि प्रतिनिधि सभा सचिव गोपालनाथ योगी र राष्ट्रिय सभा सचिव राजेन्द्र फुँयालको पाँच वर्षे कार्यकाल सकिएको थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports