kumari
stcnepal

अझै १० \११ जना पक्राउ पर्न सक्छन् : काठमाडौं जिल्ला प्रहरी प्रमुख कार्की

कठमाडौं । प्रहरीले नक्कली शरणार्थी प्रकरणमा अझै थप १०-११ जना व्यक्तिलाई पक्राउ गर्नुपर्ने प्रारिम्भक अवस्था देखिएको जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले नक्कली शरणार्थी प्रकरणमा हालसम्म ८ जना व्यक्ति पक्राउ परिसकेको भन्दै थप १०-११ जना व्यक्तिलाई पक्राउ गर्नुपर्ने प्रारिम्भक अवस्था रहेको बताएका हुन् ।

सुरुमा ठगीबाट सुरु भएको उक्त मुद्धा संगठित अपराधमा परिणत गरेर ४० दिनयता अनुसन्धान भइरहेको उनले बताए । कार्कीले सयभन्दा बढी व्यक्तिबाट २० वटा जाहेरी परेको र अनुसन्धान अघि बढिरहेको जानकारी दिए ।

उनले पक्राउ परेका व्यक्तिहरु बारेमा जानकारी दिने गरेको भन्दै बिभिन्न सञ्चारमाध्यममा अन्य पक्राउ परेको भनि आएको समाचारमा सत्यता नरहेको धारणा राखे । नक्कली शरणार्थी प्रकरणमा प्रहरीले सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, सन्दीप रायमाझी लगायत आठ जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।

 

footer