linktrix Long Ad
Salt Trading Long Ad

नेपाल र नौऊर बीच कुटनितीक सम्बन्ध स्थापना

845
shares

नेपालले नौऊर सँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । बिहीवार राष्ट्रसंघीय मुख्यालय न्यूयोर्कमा आयोजित कार्यक्रममा राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई र राष्ट्रसंघका लागि नौऊरुकी प्रतिनिधि मार्गो रेमिनिस्से डिएईले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यस सँगै नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने देशको संख्या १७९ पुगेको छ । २ देशका राजदूतले कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी राष्ट्रसंघका महासचिवलाई दिएका छन् । दुवै देशका राजदूतले दौत्य सम्बन्ध स्थापनाले राष्ट्रसंघ लगायत मञ्चमा सहकार्य र समन्वय हुने, २ पक्षीय हितमा काम गर्ने र नागरिकस्तरको सम्बन्ध स्थापना हुने कुरामा आश्वस्त रहेको बताएका छन् ।

सन् १९६८ मा स्वतन्त्र मुलुकको मान्यता पाएको नौऊर प्रशान्त महासागरको नजिक अस्ट्रेलियाको उत्तर पूर्वमा अवस्थित देश हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports