केन्द्रीय कमिटीको बैठक अधि एमालेले बोलायो सचिवालय बैठक
वि.सं.२०८० वैशाख २२ शुक्रवार १४:५२
shares

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । झापामा वैशाख २९ देखि ३१ सम्म हुने केन्द्रीय समिति बैठकअघि सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
रिजालका अनुसार सचिवालय बैठक वैशाख २६ गते पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डाहरू तय गर्नेछ । सचिवालय बैठकअघि महासचिव शंकर पोखरेल नेतृत्वको पार्टी केन्द्रीय कार्यालयको बैठक वैशाख २५ मा बस्नेछ ।
एमालेले पार्टी सुदृढीकरण अभियान अन्तर्गत दुई महिने ‘मिसन ग्रासरुट’ अभियान सम्पन्न गरेको छ । फागुन ६ गतेदेखि सुरु भएको उक्त अभियान वैशाख ६ मा सकेर प्रदेशस्तरीय समीक्षा समेत गरिसकेको छ । केन्द्रीय कमिटी बैठकमा ग्रासरुट अभियानको समग्र समीक्षा सहित नेताहरूको जिम्मेवारी समेत हेरफेरको निर्णय हुनसक्ने नेताहरूले बताएका छन् ।






































