linktrix Long Ad
Salt Trading Long Ad

सत्ता गठबन्धनको बैठक सिंहदरबारमा जारी

598
shares

सिंहदरबारमा सत्तारूढ गठबन्धनमा रहेका १० दलको बैठक बसिरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा सुझाव माग्न सत्ता समर्थक १० दलको बैठक बोलाएका हुन्।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लगायत पार्टीका नेताहरू सहभागी छन्। सत्तारूढ दलहरूको सुझावलाई समेटेर नीति कार्यक्रम परिमार्जन र समृद्ध तुल्याइने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

आज सत्ता साझेदार दलसँग मात्रै छलफल तय भएकाले प्रतिपक्षी दललाई भने बैठकमा बोलाइएको छैन। राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते नीति तथा कार्यक्रम संसद समक्ष पेस गर्दैछन्। जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports