नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले अध्यक्ष ओली बिरूध्द झुठो प्रचार गरेको भन्दै प्रेस काउन्सिलमा उजुरी
वि.सं.२०८० जेठ २ मंगलवार १७:२५
shares

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले योहो टेलिभिजन बाट प्रसारित समाचार सामग्रीप्रति आपत्ति जनाउँदै प्रेस काउन्सिलमा उजुरी दिएको छ ।
गत वैशाख २८ गते योहो टेलिभिजन बाट ‘शरणार्थी प्रकरणः ओली–देउवा दम्पत्तिकै नाम मुछियो, गृहमन्त्रीको निर्देशन, एसएसपी कार्की गम्भीर तयारीमा’ शीर्षकको समाचार प्रसारण भएको थियो ।
सो समाचारप्रति असन्तुष्टि जनाउँदै युवा संघका अध्यक्ष क्षितिज थेवेले बिना तथ्य प्रमाण एमालेका अध्यक्ष केपी शर्मा ओली र उनकी श्रीमती राधिका शाक्यको नक्कली भुटानी शरणार्थी प्रकरणमा चरित्र हत्या गर्ने गरी झुटो समाचार सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिलमा उजुरी दिएका हुन् ।






































