linktrix Long Ad
Salt Trading Long Ad

कामीरिता शेर्पाले चढे २७ औ पटक सगरमाथा, राखे नयाँ विश्व किर्तिमान

676
shares

काठमाडौं । नेपाली पर्वतारोही कामीरिता शेर्पाले कीर्तिमानी २७ औं पटक सगरमाथा आरोहण गरेका छन् । उनले २७ पटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै रेकर्ड तोड्न सफल भएका छन् । कामीले बुधबार बिहान साढे ८ बजे सगरमाथाको शिखरमा पाइला टेकेको सेभेन समिट ट्रेकले जानकारी दिएको छ ।

यसअघि २६ पटक सगरमाथा चढेर शेर्पाले आफनो नामको विश्व कीर्तिमान आफैले भंग गरेका हुन् । उनले सेभेन समिट ट्रेक्स एभरेष्ट एक्सपिडिसन २०२३ को एक हिस्साको रूपमा २७ औं पटक सगरमाथाको सफल आरोहण गरेकाे हाे। सेभेन समिट ट्रेकमा सिनियर गाईडका रूपमा कार्यरत नेपालको सोलुखुम्बुको थामे गाउँका कामीरिता शेर्पाले आफ्नो जीवन पर्वतारोहणमा समर्पित गरेका छन् र विश्वको सर्वोच्च शिखर सगरमाथाको पर्याय बनेका छन् ।

जनवरी २, १९७० मा जन्मेका उनले दुई दशक भन्दा बढी समय देखि हिमाल आरोहण गर्दै आएका छन्। उनले पाकिस्तानको केटु चो ओयु, ल्होत्से र मनास्लु लगायतका अन्य चुचुराहरू पनि सफल आरोहण गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports