kumari
stcnepal

यि हुन जापानमा बस दुर्घटनामा परि निधन भएका दुई नेपाली बिद्यार्थी

काठमाडौं । जापानमा दुर्घटनामा परेर दुईजना नेपाली विद्यार्थीको मृत्यु भएको छ । मियागी प्रान्तको कुरीहारा स्थित तोहोकु एक्सप्रेस वेमा मंगलबार राति रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो।

मृत्यु हुनेमा काभ्रे जिल्ला घर भएका २२ वर्षीय नवराज तामाङ र ओखलढुंगाका २७ वर्षीय युवराज थापा रहेका गैर आवासीय नेपाली संघ जापानले जानकारी दिएको छ । अन्य दुई जना नेपाली विद्यार्थी सामान्य घाइते भएका बताइएको छ । बसमा ३९ जना नेपाली विद्यार्थी र एक जना बंगलादेशी विद्यार्थी सवार थिए।

उनीहरू पार्टटाइम कामका लागि लागि इवातेको इचिनोसेकी जाँदै थिए। दुर्घटनामा बसकी चालकको पनि मृत्यु भएको छ ।

footer