kumari
stcnepal

नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका स्काउटका संयोजक भण्डारी इन्टरनेशनल फ्रेन्डसिप गोल्ड अवार्ड बाट सम्मानित

मलेसिया । नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीलाई मलेशियन स्काउट महासंघ (पीपीएम) ले इन्टरनेशनल फ्रेन्डसिप गोल्ड अवार्डबाट सम्मानित गरेको छ । बीपी हाउस क्वालालम्पुरमा आयोजित समारोहमा स्काउटिंग अभियानमा अतुलनीय योगदान पुर्‍याउने बिभीन्न पाँच व्यक्तिहरूलाई यस सम्मान बाट बिभूषित गरीएको थियो ।

पीपीएमका कार्यवाहक प्रमुख स्काउट मेजर जेनरल प्रा. दातो डा. मोहम्मद. जिन बिन बिदिनले उक्त बिभूषण प्रदान गरेका थिए।
भण्डारी यो विशिष्ठ अवार्डबाट सम्मानित हुने पहिलो नेपाली हुन् । विगत लामो समयदेखी भण्डारीले नेपाल स्काउट तथा विश्वस्काउटको क्षेत्रमा गरेको योगदानको कदर गर्दै मलेसिया स्काउटले यो सम्मान प्रदान गरेको हो । नेपालमा सुस्ताउँदै गएको स्काउट अभियान भण्डारी नेतृत्वमा आए यता तुलनात्मक रूपमा क्रियाशील भएको छ ।

नेपाल स्काउटको संघीय ढाँचा अनुरूपको पुनर्संरचना, श्रोतको वृद्धि र अन्तराष्ट्रीय सम्बन्धको सुधार लगायतका कार्यहरु भण्डारीको नेतृत्वमा देखिने गरी भएका प्रभावकारी कामहरु हुन् ।

footer