linktrix Long Ad
Salt Trading Long Ad

एकीकृत समाजवादीको जारी केन्द्रीय सचिवालय बैठकमा सदस्यहरूले उठाएका प्रश्नको अध्यक्ष माधव नेपालले जवाफ दिँदै

676
shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को जारी केन्द्रीय सचिवालय बैठकमा सदस्यहरूले उठाएका प्रश्नको अध्यक्ष माधवकुमार नेपालले जवाफ दिँदै छन् ।प्रचार विभाग प्रमुख समेत रहेका नेता जगन्नाथ खतिवडाले आजको बैठकमा सचिवालय सदस्यहरूले उठाएका प्रश्नहरूको अध्यक्ष नेपालले जवाफ दिने कार्यसूची रहेको छ ।

चम्पादेवीमा जारी बैठकमा यसअघि १४ जना सचिवालय सदस्यहरूले आफ्नो धारणा राखिसकेका छन् । सदस्यहरूको जवाफपछि अध्यक्ष नेपालले वर्तमान राजनीतिक परिस्थिति र पार्टीको कार्यभार र अन्य एजेन्डाका बारेमा धारणा राख्ने भएकाले बैठक दिनभर चल्ने नेताहरूको भनाइ छ । बैठक गत असार २९ गतेबाट सुरु भएको हो । सचिवालयको ६१ औँ बैठकमा नेताहरूको कार्यविभाजन, कमिटी समायोजन तथा थपघट, सरकार र संसद्ल गायतका विषयमा निर्णय गर्ने तयारी छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports