linktrix Long Ad
Salt Trading Long Ad

सय किलो सुन बरामद प्रकरण : पक्राउ परेका ६ जना मध्ये चार जनाको नाम र ठेगाना खुल्यो

546
shares

काठमाडौँ । करिब एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन् । सो प्रकरणमा हालसम्म पक्राउ परेका ६ जनामध्ये चारजनाको नाम र ठेगाना खुलेको छ ।

जसअनुसार दोलखा मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ–३ घर भई हाल काठमाडौं साँखु बस्ने २१ वर्षका दीलिप भुजेल, भोजपुर अरुण गाउँपालिका–४ भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारत घर भई हाल काठमाडौं पानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ थाप्तेन छिरिङ पक्राउ परेका हुन् ।

विमानस्थल भन्सार गेटबाट सुन बोकेको बा.२ ज २३२४ नम्बरको ट्याक्सीलाई बुधबार एक किलो सुनसहित नियन्त्रणमा लिइएको थियो । राजस्व अनुसन्धान विभागले बरामद सुन तौलिन नेपाल राष्ट्र बैंकमा लैजाने तयारी गरेको छ भने बरामद उक्त सुन करिब एक सय किलो रहेको अनुमान गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports