linktrix Long Ad
Salt Trading Long Ad

संसदीय समितिमा कांग्रेस सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

793
shares

काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन तस्करी भइरहेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा मागेका छन् । शुक्रबार बसेको कानुन, न्याय र मानवअधिकार समितिको बैठकमा बोल्दै सांसद शर्माले विमानस्थलबाट भइरहेको सुन तस्करी रोक्न नसकेकोले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।

प्रधानमन्त्री प्रचण्ड पत्नी शोकमा रहेका बेला पारेर सुन तस्करी भएको बताउँदै उनले प्रधानमन्त्री मातहतका निकायले तस्करीको सुन समातेकोमा प्रधानमन्त्रीलाई भने धन्यवाद दिनुपर्ने बताए । प्रतिनिधि सभाको बैठक नभएको बेला यस्ता विषयमा संसदीय समितिमा उठाउन जरुरी रहेको भन्दै देश लुट्न कुनै मन्त्रीलाई छुट नरहेको बताए । यस्तै कांग्रेसका अर्का सांसद रामहरि खतिवडाले पनि एयरपोर्टबाट एक पटक हैन २२ पटक क्विन्टलका क्विन्टल सुन छिरेको भन्ने कुरा आएको भन्दै भरियाहरूलाई समातेर सरकारले आँखामा छारो हाल्ने काम नगर्न आग्रह गरे । जे भएको छ त्यसको सत्य तथ्य पत्ता लगाएर संसद् बसेको बेला जानकारी गराउन आग्रह गरे । नेपाल आर्थिक रूपमा टाट पल्टिन लाग्यो भन्ने तर कहाँ कहाँका तस्कर मिलेर नेपाललाई तस्करीको रणभूमि बनाउन लागिएको भन्दै प्रश्न गरे ।

शुक्रबार समितिको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक माथि छलफलको विषय भए पनि सांसदहरूले एयरपोर्ट भन्सारबाट भएको सुन तस्करीको विषय उठाएका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports