linktrix Long Ad
Salt Trading Long Ad

राजदूत नियुक्तिमा समावेशी सिद्धान्त अपनाउने छौं : परराष्ट्रमन्त्री साउद

663
shares

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले राजदूत नियुक्तिमा समावेशी सिद्धान्त अपनाउने बताएका छन् । बुधबार संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठकमा उनले सरकार सबै प्रकारका नियुक्तिहरुलाई संवैधानिक व्यवस्था अनुसार समावेशी बनाउन प्रतिवद्ध रहेको बताएका हुन् ।

‘नेपालको संविधानको मर्म र भावना अनुरुप समावेशी सिद्धान्तलाई आत्मसात गर्दै सबै प्रकारको नियुक्तिहरु समावेशी बनाउन नेपाल सरकार प्रतिवद्ध रही आएको छ’ उनले भने, ‘यस सिद्धान्तलाई राजदूत नियुक्ति गर्दा पनि यथोचित रुपमा सम्बोधन गर्दै लैजान नेपाल सरकार पूर्ण प्रतिवद्ध रहेको व्यहोरा यस सम्मानित समिति समक्ष स्पष्ट पार्न चाहन्छु ।’

मन्त्री साउदले हाल मन्त्रालयमा रहेको १७ सहसचिवहरु मध्ये ६ जना समावेशी सिद्धान्तको आधारमा छनौट भई कार्यरत रहेको पनि समितिलाई जानकारी गराए । त्यस्तै ५० उपसचिव मध्ये ३१ जना समावेशी कोटाबाट आएको उनको भनाइ छ । मन्त्री साउदले हाल २६ देशमा कार्यरत राजदूत मध्ये समावेशी सिद्धान्तकै आधारमा महिला ३, जनजाति ४, मधेशी १, अपांगता भएका व्यक्ति १ रहेका पनि उनले जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports