linktrix Long Ad
Salt Trading Long Ad

एमालेको राष्ट्रिय सभा बैठक चलन नदिने तयारी

585
shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज (बिहीबार) बस्ने राष्ट्रिय सभा बैठक चलन नदिने तयारी गरेको छ । एमालेले सुन तस्करी प्रकरणको छानविन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै आज दिउँसो १ बजेका लागि तय भएको राष्ट्रिय सभाको बैठक चल्न नदिने भएको हो ।

एमालेले सुनकाण्डको छानबिनका लागि उच्चस्तरीय समिति गठन नभएसम्म दुवै सदन चल्न नदिने अडान लिएको छ । यसअघि साउन ११ गते मिटरब्याज सम्बन्धी विधेयक पारित गर्नका लागि मात्रै राष्ट्रिय सभा बैठक चल्न दिएको उनले बताए। एमालेले सुन काण्डमा सरकार नै मुछिएको भन्दै उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म प्रतिनिधिसभा बैठकमा पनि अवरोध गरेको थियो । प्रतिनिधिसभा बैठक साउन २२ गतेका लागि बोलाइएको छ। संसदको अवरोध हटाउन प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पटक पटक छलफलमा जुटेपनि सहमती हुन नसकेपछि एमालेले संसदको अवरोध कायम नै राखेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports