linktrix Long Ad
Salt Trading Long Ad

देश अराजकतातिर गइराखेको जस्तो मलाई लागेको छ : शेखर कोइराला

1.11K
shares

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मुलुक अराजकतातिर जान लागेको बताएका छन् । बिहीबार नेपाल प्रेस युनियन काठमाडौँको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले भने, ‘देश अराजकतातिर गइराखेको जस्तो मलाई लागेको छ । मुलुकमा दण्डहीनता पनि छ । अदालतले दोषी ठहर गरेकाहरूलाई पनि हामी छाडिदिन्छौँ । यसले देशलाई अराजकतातिर जान्छ ।’

नेपालमा भ्रष्टाचारका कारण विकास हुन नसकेको उनको भनाइ छ । ‘नेपालमा एफडिआइको प्रचुर सम्भावना छ । तर, भ्रष्टाचार, ब्युरोक्रेशीको ढिलासुस्ती, अस्थिर सरकार, नियम ऐन झन्झटिलो हुँदा विकास हुन सकेको छैन भनेर नेपालबारे अमेरिकी रिपोर्टमा कारण उल्लेख छ । हाम्रो देश भ्रष्टाचारले गाँजेको छ,’ उनले भने । यस्तै उनले ललिता निवास, सुन काण्डमा कर्मचारी र भरियालाई मात्र पक्राउ गरिएको नेता कोइरालाले बताए । ‘ सुन काण्डमा संसद् अवरुद्ध गरिरहेको छ । संसद्मा कुरा राख्ने हो । संसद् अवरुद्ध गर्दा राष्ट्रलाई कति घाटा भइरहेको छ विपक्षी बुझ्न जरुरी छ,’ उनले भने । कुनै इस्यु आउँदा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली बीच हुने छलफललाई मार्क गर्नुपर्ने कोइरालाले बताए ।

‘हामीले पनि बुझ्नुपर्छ । कुनै इस्यु आउँदा शीर्ष नेता बसिहाल्छन् । के छलफल गर्छन् ? यसलाई मार्क गर्नुहोस् ,’ उनले भने । यस्तै उनले पटकको केन्द्रीय समिति बैठक आरोप–प्रत्यारोपमै सकिएको बताए । ‘हामीले गम्भीर छलफल भएन । लाइभ भएपछि म भोलिको नेता हुन्छ भनेर हो कि ? तर म जस्तोलाई भने लाइभ गर्दा अप्ठ्यारो भयो ,’ कोइरालाले भने । १५ औँ महाधिवेशन आउन साढे दुई वर्ष बाँकी रहेको भन्दै उनले गुटको द्वन्द्व देखाउन आउन नहुने बताए ।‘कांग्रेस र गुटभित्रको द्वन्द्व लेखिराख्नु भएको छ । अधिवेशन आउन कम्तीमा पनि ढाइ वर्ष बाँकी छ,’ उनले भने । यस्तै कोइरालाले सभापति देउवासँग मिलेको भाष्य खडा गरिएकोप्रति आपत्ति जनाए । ‘मेरो परिवारले केही संस्कार दिएको छ गाली नगर भनेर । बरु गाली खाऊँ, गाली सुन । यो कुरालाई हामीले लिने कि नलिने ? आफ्नो आफ्नो सोचाइ हुन्छ,’ उनले भने, ‘शेरबहादुर देउवाजी सँग म कहाँ मिलेँ ? कहिले मिलेँ ?’

देउवासँग भेटवार्ता गर्न जाने कुरालाई मिल्ने भन्न नहुने उनको भनाइ छ । ‘पहिलो उहाँ बोलाउनु हुन्थेन । म जाँदैन थिएँ । आज बोलाउनु हुन्छ । जान्छु,’ उनले भने । कसैलाई गाली गर्न भन्दा कांग्रेसलाई मजबुत बनाउन लाग्नुपर्ने कोइरालाको भनाइ छ । ‘केहीले महामन्त्रीको डिफेन्स गर्नु भएन भन्नुभयो । तर कसैलाई डिफेन्स गर्न आएको होइन । केन्द्रीय समितिमा आफ्नो विवेक प्रयोग गर्ने हो । एउटै कुरा बोल्ने भए एक जनाले बोले भइहाल्यो नि ,’ उनले भने । १४ औँ महाधिवेशनमा पाएको ४० प्रतिशत मतलाई ६० प्रतिशत कसरी पु¥याउने भनेर जानुपर्ने उनले बताए । ‘म नेपाली कांग्रेसको सांसद हो । म कुनै ग्रुपको सांसद होइन । मन्त्री मैले पठाउने कुरा आउँदैन । विवादको कुरालाई सुल्टाउँछौंं,’ कोइरालाले भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports