गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा सहित १० जना प्रतिवादीहरुको निवेदन माथी आज सुनुवाइ हुँदै

624
shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा सहित १० जना प्रतिवादीहरुको निवेदन माथी आज सुनुवाइ हुँदै छ ।

जिल्ला अदालत काठमाडौंको आदेश विरुद्ध दायर गरेको निवेदन उच्च अदालत पाटनका न्यायाधीशद्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासमा आज सुनुवाइका लागि पेसी तोकिएको हो। आफूहरुलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश त्रुटिपूर्ण भएको दाबी गर्दै निलम्बित सचिव पाण्डे, नरेन्द्र केसी, सानु भण्डारी, आङटावा शेर्पा, इन्द्रजित राई, हरिभक्त मर्हजन, लक्ष्मी मर्हजन, सन्देश शर्मा, शमशेर मियाँ र गोविन्द चौधरीले रिट दायर गरेका थिए । उनीहरुले आफूहरुलाई धरौटीमा वा साधारण तारेखमा रिहा गर्नुपर्नेमा पुर्पक्षका लागि थुनामा पठाउने निर्णय त्रुटिपूर्ण भएकाले बदर हुनुपर्ने माग गरेका छन्।

उनीहरुको निवेदनलाई एउटै इजलासमा पेसी तोकेर सुनुवाइ गर्न लागिएको हो। सोही प्रकरणमा हिरासतमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाण, उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, भुटानी नेता टेकनारायण रिजाल लगायतले दायर गरेको निवेदन भने विचाराधीन रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports