गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को अवरोध हटाउने विषयमा पहिलो पटक सर्वदलीय बैठक बोलाउने

598
shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को अवरोध हटाउने विषयमा पहिलो पटक सर्वदलीय बैठक बोलाउने भएका छन् । राष्ट्रपति पौडेलका प्रमुख राजनीतिक सल्लाहकार सुनील थापाले सर्वदलीय बैठक बोलाउने तयारी भइरहेको बताए ।

थापाले  भने, ‘सर्वदलीय बैठक बोलाउने भन्ने छ । उहाँ राष्ट्रपति भइसकेपछि सबै दलको नेताहरुलाई भेट्नु भएको छैन । सबैसँग भेटघाट गरेर अहिलेको परिस्थिति बुझ्नका लागि उहाँले इच्छा गर्नुभएको छ ।’ उनका अनुसार शनिबार वा आइतबार सर्वदलीय बैठक बोलाइने छ । ‘सर्वदलीय बैठकका लागि पहिले पनि कुरा भएको हो । भोलि राष्ट्रपतिज्यूले हामीहरुसँग पनि बैठकको तयारीबारे कुरा गर्नुहुन्छ होला,’ थापाले भने ।

गत शुक्रबार राष्ट्रपति पौडेल र कांग्रेस सभापति शेरबहादुर देउवा बीच भेटवार्ता भएको थियो । राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना सँग पनि यो बीचमा छलफल गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports