नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डे सहित १० जनाको ‘मुद्दा लगाउ’मा राख्न आदेश

624
shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डे सहित १० जनाको ‘मुद्दा लगाउ’मा राख्न आदेश दिएको छ । उक्त मुद्दामा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वमन्त्री टोपबहादुर रायमाझीसहितले मुद्दा पुनरावलोकनका लागि उच्च अदालतमा निवेदन दिएका थिए ।

उच्च अदालत पाटनले बालकृष्ण र टोपबहादुरको निवेदन सँगै बिहीबार सुनुवाइ भएका दशै जनाको अर्को पेशी एकैपटक पेश गर्न आदेश दिएको हो । उच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासमा पाण्डे सहित थुनामा रहेका १० जनाको सुनुवाइ भएको थियो । उक्त सुनुवाइपछि बाँकी प्रतिवादीले पनि जिल्ला अदालत काठमाडौंको फैसला पुनरावलोकन गर्न निवेदन गरेको देखिएकाले एकैपटक पेश गर्न आदेश दिएको हो ।

थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने काठमाडौं जिल्ला अदालतको आदेश विरुद्ध उनीहरु उच्च अदालत पाटन पुगेका थिए । बालकृष्ण र टोपबहादुर लगायतको निवेदन भने पेसीमा चढेको छैन । बिहीबार निलम्बित सचिव टेकनारायण, पूर्वसुरक्षा सल्लाहकार डा. इन्द्रजीत राई, नरेन्द्र केसी, सानु भण्डारी, आङटावा शेर्पा, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शमशेर मिया र गोविन्द चौधरीको निवेदन माथि सुनुवाइ सकिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports